FAQs Complain Problems

Photo Gallery

आकस्मिक सेवा

सम्पर्क नम्बर

नाम 

पद 

सम्पर्क नम्बर

डिल बहादुर खत्री  (दम्कल सेवा) चालक 9847252124
डिल्ली प्रसाद अधिकारी (दम्कल सेवा) (सहयाेगी)   9867794236
     

 

स्वास्थ्य सम्बन्धी सेवाका विवरणका लागि
नाम पद सम्पर्क नम्बर
बसन्त कुमार श्रेष्ठ जन स्वास्थ्य अधिकृत 9857035575
हेमराज पन्थी ज.स्वा.नी 9857037302

 

सैनामैना नगरपालिका वार्ड नं ५ बड्का पथ्थरमा केही समय अगाडि गरिएको बृक्षाराेपणकाे  सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीकाे नेतृत्वमा गाेडमेल तथा पानी सिचाई गरिएको छ । केही थप बिरुवा समेत  राेपिएकाे छ । नगर प्रमुख कार्कीले बृक्षा राेपेर मात्र केही नहुने त्यसकाे अावश्यक रेखदेख गरेर हुर्काउन सके मात्र आैचित्य हुने बताउनु भयाे । नगर प्रमुख स्वयमले बिरुवामा पानी सिचाउनु भएकाे थियाे ।

, , , , , ,

सैनामैना नगरपालिकाको आयोजनामा निःशूल्क छाला रोग शिविर सुरु भएको छ । सैनामैना ६ कलौंनीमा रहेको दुधराक्ष स्वास्थ्य चौंकीमा शुक्रबार बिहान १० बजेदेखि शिविर सुरु भएको हो । सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले शिविरको उद्घाटन गर्दै नगरपालिकाले नगरबासीको स्वास्थ्य अवस्थालाई ख्याल गरेर विभिन्न स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताउनु भयाे।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले शिविरले मानिसमा जनचेता फैलाउन मद्धत पुराउने बताए । छाला सम्बन्धी विभिन्न रोग लागेपनि मानिसले लुकाएर होईन उपचार गर्नको लागि अस्पताल जानको लागि सुझाब दिनु भयाे ।

, ,

सैनामैनाको बिकासको काम अब तिव्र रुपमा अगाडी बढ्ने सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भएको छ । आज सैनामैना वार्ड नं ७ लम्टैयामा स्टार स्पोर्टस क्लबले आोजना गरेको क्रिकेट प्रतियोगितालाई सम्बोधन गर्दै सो बताउनु भएको हो । नेपाल सरकारका पुर्व अर्थमन्त्री, नेकपाका महासचिव एवं रुपन्देही क्षेत्र नं २ का निर्वाचित सांसद मा. बिष्णु पौडेलको पहलमा सैनामैनामा करिब ४५ करोड रकम बिनियोजन भएको जानकारी दिदै प्रमुख कार्कीले अब सैनामैनाका हरेक बिकास योजना तिव्र गतीमा अगाडी बढ्ने बताउनु भएको हो ।

, ,

सैनामैना नगरपालिका भित्र निर्माण भई रहेकाे सडक Asphalt प्रबिधिकाे प्रयाेग गरि निर्माण भईरहेका छन । याे प्रविधि उच्च र स्तरीय प्रविधि हाे । नगर भित्र बन्ने सडक गुणस्तरीय र टिकाउ हाेस भन्ने उद्वेश्यले याे प्रविधि प्रयाेगमा ल्याईएकाे नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भयाे । हाल याे प्रबिधिबाट सैनामैना भित्र करिब २५०० मि सडक बनिसकेकाे छ ।

, , ,

सैनामैनामा दास्रो चरणको टिफिन वितरण
सैनामैना नगरपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्रथामिकता दिएर सामुदायिक विद्यालयमा विभिन्न कार्यहरु गरिरहेको छ । जस अन्र्तगत नगरले सामुदायिक विद्यालयका बालबालिकाहरुका लागि टिफिन बक्स वितरण सुरु गरेको छ । सैनामैनामा रहेका १८ वटै सामुदायिक विद्यालयहरु ३६०९ वटा टिफिन बक्स वितरण गर्ने लक्ष्य अनुरुप यस अघि नै १४ वटा सामुदायिक विद्यालयका करिब २ हजार ९ सय वटा टिफिन वितरण गरेको थियो भने आज थप ४ वटा सामुदायिक विद्यालयका ७०९ जना बालबालिकाहरुका लागि टिफिन बक्स वितरण गरेको छ ।
नगर प्रमुख चित्र बहादुर कार्कीले विद्यालयमा खाने गरिएका जङ्कफुड्लाई निरुत्साहित गरी साना वालवालिकाहरुलाई घरमा तयार गरिएको खाजा खानेवानीको विकास गर्न टिफिन वक्स वितरण गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘ घरमा तयार गरिएको खाजा विद्यार्थी भाईबहिनीहरुले विद्यालयमा लिएर आए मात्र जङ्कफुड् निरुत्साहित गर्न सहज हुनेछ ।

नगरका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले विद्यालयमा जङ्कफुड् पुर्ण रुपमा निशेधित गर्न संस्थागत विद्यालयहरुलाई निर्देशनात्मक आग्रह गरिने बताउनुभयो ।

, ,

Pages

स्थानीय तहकाे संस्थागत क्षमता स्वमुल्याङ्कन (LISA)

 

सि.नं    

आ.व  प्राप्त अंक लिङ्क

  २०७६/७७    

    ५८.७५      https://lisa.mofaga.gov.np/details/local/50803
  २०७७/७८         ७३             https://lisa.mofaga.gov.np/details/local/50803
  २०७८/७९         ७५.२५            https://lisa.mofaga.gov.np/details/local/50803
  २०७९/८०         ८२.५            https://lisa.mofaga.gov.np/details/local/50803