यस सैनामैना नगरपालिका भित्र संचालनमा रहेका सम्पूर्ण व्यवसायहरुलाई नगरपालिकामा दर्ता गर्ने प्रयोजनका लागि समय थप गरि असार २० गते देखि असार मसान्त सम्म छुटको व्यवस्था गरिएको छ !!!
२०७४/२०७५ वैशाख मसान्त सम्मको आय आन्तरीक श्रोत तर्फ रु ३,८३,१०,०३३.०२ र नेपाल सरकार अनुदान रु ४४,०४,५३,८०० कुल चालु खर्च १५,७५,१३,२६१.६० , कुल पूजीगत खर्च ६,९८,२१,०९६.०० र जम्मा खर्च २२,७४,३४,३५७.६०!!!

सैनामैना नगरपालिकाका प्रमुख श्री चित्र बहादुर कार्की ज्यू द्वारा तेस्रो नगर सभामा आ.व. ०७५/०७६ को लागि प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम

सैनामैनाको आर्थिक वर्ष २०७५/२०७६ लाई “समृद्धिको इतिहास रच्ने आधार वर्ष” बनाउने गरी नगरपालिकाले आईतबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आधार, अनुभव र चुनौतीपूर्ण वर्षको रुपमा लिदै नगर प्रमुख चित्र बहादुर कार्की ज्यूले आईतबार बसेको नगरसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । नगर गुरुयोजना तर्जुमा गरी नगरको अल्पकालिन, मध्यमकालिन तथा दीर्घकालिन बिकासका लक्ष्यहरु निर्धारण गर्दै काम गर्ने लक्ष लिएको बताउनु भएको हो ।