FAQs Complain Problems

समाचार

सैनामैना नगरपालिकाको संक्षिप्त परिचय

 “कृषि, पर्यटन, उद्योग र पूर्वाधार, सु–संस्कृत, समृद्ध नगर सैनामैनाको आधार” सैनामैना नगरपालिका नेपालको ५ नं प्रदेशको उत्तर पश्चिममा विश्व शान्तीका अग्रदुत तथा महा मानव गौतम बुद्धको जन्मस्थल देखि करिब १५ कि.मी. उत्तर मनोरम चुरे पहाडको काखमा अवस्थित पूर्वमा बुटवल उप–महानगरपालिका, पश्चिममा बाणगंगा नगरपालिका, कपिलवस्तु, उत्तरमा शितगंगा  नगरपालिका, अर्घाखाँची, रैनादेवी छहरा  र तिनाउ गाउँपालिका , दक्षिणमा शुद्दोधन, कंचन र गैडहवा गाउँपालिका चार किल्ला भित्र अवस्थित साबिकको पर्रोहा, दुधराक्ष र  सालझन्डी  ३ गा.बि.स. को समायोजन बाट बनेको नगरपालिका हो ।  सैनामैना नगरपालिकामा ११  वटा वडा रहेका छन् । १६२.१८  बर्ग कि.मि. क्षेत्रफल, २०६८ को जनगणना अनुसार जनसंख्या ५५८२२ घनत्व ३४४.२  प्रति बर्ग कि.मि. छ । नगरपालिका भित्र सबै जातजाती, भाषाभाषी संस्कृति एवं परम्पराको समिश्रण र सुमधुर सम्बन्ध सहितको बसोबास पाईन्छ । ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्व बोकेको सैनामैना नामाकरणले पनि यसको छुट्टै महत्व बोकेको छ । विभिन्न ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्वका स्थलहरु रहेको यो नगरपालिकाका गहनाको रुपमा पर्रोहा परमेश्वर बोलबमधाम, मलमला मन्दिर, मलमल चौरा बाबा, बोलबम पर्यटकीय पार्क विभिन्न मठ मन्दिरहरु, रानी कुवा, रानीबगिया आदि छन् ।