Brief Introduction of Sainamaina Municipality

दीर्घकालिन कृर्षी पर्यटन उद्याेग र ब्यापार वातावरणमैत्री अवस्था समृद्धिकाे अाधार सैनामैना नगरपालिका । सैनामैना नगरपालिका लुम्बिनी अंचलको उत्तर पश्चिममा विश्व शान्तीका अग्रदुत तथा एसियाका तारा गौतम बुद्धको जन्मस्थल देखि करिब १५ कि.मी उत्तर मनोरम चुरे पहाडको काखमा अवस्थित पूर्व बुटवल उप–महानगरपालिका, पश्चिममा बाणगंगा नगरपालिका, कपिलवस्तु., उत्तरमा शितगंगा  नगरपालिका, अर्घाखाँची, रैनादेवी छहरा  र तिनाउ गाउपालिका , दक्षिणमा शुद्दोधन, कंचन र गैडहवा गाउपालिका  यी चार किल्ला भित्र अवस्थित पर्रोहा, दुधराक्ष र  सालझन्डी  गरि  ३ गा.बि.स. को मिलनबाट बनेको नगरपालिका हो ।  हाल यस नगरपालिकामा ११  वटा वडा रहेका छन् । १६२.१८  बर्ग कि.मि क्षेत्रफल, २०६८ को जनगणना अनुसार जनसंख्या ५५८२२ घनत्व ३४४.२  प्रति बर्ग कि.मि छ । तिब्र बसाई सराईले गर्दा दिन प्रतिदिन जनसंख्या अत्यधिक बृद्धि भईरहेको छ । नगरपालिका भित्र सबै जातजाती, भाषाभाषी संस्कृति एवं परम्पराको समीश्रण रही सुमधुर सम्बन्ध सहितको बसोबास पाईन्छ । ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्व बोकेको सैनामैना नामाकरणले पनि यसको छुट्टै महत्व बोकेको छ । विभिन्न ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्वका स्थलहरु रहेको यो नगरपालिकाका गहनाको रुपमा पर्रोहा परमेश्वर बोलबमधाम, मलमला मन्दिर, मलमल चौरा बाबा, बोलबम पर्यटकीय पार्क विभिन्न मठ मन्दिरहरु, रानी कुवा, रानीबगिया आदि छन् ।