समाचार
कृषि बिकास शाखाकाे बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानकाे अनुगमन गरिएको छ ।
सैनामैना नगरपालिकाकाे कृषि बिकास शाखाकाे बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा टनेल र हाईटेक नर्सरी ब्यवस्थापनका लागि गरिएकाे सुचना अनुसार कृषकहरुले दिएकाे निवेदनकाे अाधारमा सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीकाे नेतृत्वमा सैनामैनाकाे विभिन्न वडाहरुमा अनुगमन गरिएको छ । अनुगमनमा सैनामैनाका कृषि अधिकृत सिर्जना खनाल , कृषक समुहका प्रतिनिधि, जनप्रतिनिधि लगायतकाे सहभागीता रहेकाे थियाे ।