समाचार
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका दिवसको अवसरमा सैनामैनामा स्वयंसेविका सम्मानित
कोभिड - १९ को रोकथाम र समृद्धिका लागि संयुक्त कार्य ः महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकाको भुमिका अपरिहार्य भन्ने नाराका साथ सैनामैना नगरपालिकाले नगरमा रहेका ६ जना स्वयंसेविकालाई सम्मान गरेको हो । सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कार्कीले महिला स्वास्थ्य स्वयंसेविकाको भुमिका समाजमा सकारात्मक रहेको बताउनुभयो । उहाँले स्वास्थ्य स्वयंसेविकाहरुले नेपालमा पोलियो उन्मुलनमा ठूलो भुमिका खेलेको बताउँदै महिला तथा बालबालिकाको क्षेत्रमा पनि उल्लेखनीय योगदान दिदै अाएकाे बताउनु भएको थियाे ।