FAQs Complain Problems

सैनामैना नगरपालिकाको संक्षिप्त परिचय ।

आकस्मिक सेवा

विपद फाेकल पर्शन

नाम पद  सम्पर्क नम्बर फाेटाे
सुरज न्यौपाने विपद फाेकल पर्शन ९८५७०५९५९५

वारूण यन्त्र 

नाम 

पद 

सम्पर्क नम्बर

डिल बहादुर खत्री  (दम्कल सेवा) चालक 9847252124
     

 

स्वास्थ्य सम्बन्धी सेवाका विवरणका लागि
नाम पद सम्पर्क नम्बर
बसन्त कुमार श्रेष्ठ जन स्वास्थ्य अधिकृत 9857035575
हेमराज पन्थी ज.स्वा.नी 9857037302

 

“कृषि, पर्यटन, उद्योग र पूर्वाधार, सु–संस्कृत, समृद्ध नगर सैनामैनाको आधार”

राष्ट्रिय जनगणना २०७८ अनुसारको विवरण हेर्न यहाँ क्लिक गर्नुहाेस । 

सैनामैना नगरपालिका नेपालको ५ नं प्रदेशको रुपन्देही जिल्लाको उत्तर पश्चिममा अवस्थित
नगरपालिका हो । यो नगरपालिका विश्व शान्तिका अग्रदुत तथा महा मानव गौतम बुद्धको
जन्मस्थल लुम्विनी देखि करिब १५ कि.मी. उत्तर मनोरम चुरे पहाडको काखमा अवस्थित छ ।
यस नगरपालिकाको पूर्वमा बुटवल उप–महानगरपालिका, पश्चिममा बाणगंगा नगरपालिका–
कपिलवस्तु, उत्तरमा शितगंगा नगरपालिका–अर्घाखाँची, रैनादेवी छहरा र तिनाउ गाउँपालिका–
पाल्पा, दक्षिणमा शुद्दोधन, कंचन र गैडहवा गाउँपालिका रहेका छन् । साबिकको पर्रोहा र
दुधराक्ष गा.बि.स. एक आपसमा गाभिन गई २०७१ साल बैशाख २५ गते सैनामैना
नगरपालिका बनेको हो । वि.सं. २०७३ साल फागुन २७ गते राज्यको पृर्नस्संरचना पश्चात
साबिकको सालझन्डी गा.बि.स. गाभिन गई वृहत सैनामैना नगरपालिका बनेको हो । सैनामैना
नगरपालिकामा ११ वटा वडा रहेका छन् । यो नगरपालिका १६२.१८ बर्ग कि.मि. क्षेत्रफलमा
फैलिएको छ । वि.सं. २०७८ सालको राष्ट्रिय जनगणना अनुसार यहाँको जनसंख्या ७८३९३
रहेको छ, जस मध्य मिहला ४१९५२ र पुरूष ३६४४१ छन र जनघनत्व ४८३ प्रति बर्ग कि.मि. छ । 
नगरपालिका भित्र सबै जातजाती, भाषा भाषी संस्कृति एवं परम्पराको समिश्रण रहेको छ । नगरवासीहरु वीच सुमधुर सम्बन्ध सहितको
बसोबास छ । ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्व बोकेको सैनामैना क्षेत्र
नेपाल सरकारबाट नेपालको सयौ पर्यटकीय गन्तव्य मध्य एक सैनामैना नगरपालिका पनि
२०७५ साल कात्तिक १५ गते पर्यटन गन्तव्यको रुपमा घोषणा भएको छ । यस नगरपालिकामा
वसाई सराई गरी आउने क्रम बढ्दो रुपमा रहेको हुदाँ हालको अनुमानित जनसंख्या करीव ८०
हजार रहेको छ । यस नगरपालिकाको दक्षिण भागमा वहुसंख्यक आदिवासी थारु जातिहरुको
वसोवास रहेको छ भने उत्तरी भेगमा मिश्रित खालको जातजातीहरुको वसोवास रहेको छ ।
विभिन्न ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्वका स्थलहरु रहेको यो
नगरपालिकाको गहनाको रुपमा ऐतिहासिक पुरातात्विक सैनामैना क्षेत्र, स्वंय उत्पत्तिमान शिव
ज्योतिलिङ्ग पर्रोहा परमेश्वर बोलबमधाम, मलमला मन्दिर, मलमल चौरा बाबा, महेरवादेवी,
बोलबम पर्यटकीय पार्क, विभिन्न मठ मन्दिरहरु, रानी कुवा, रानीबगिया, जलैया सिमसार क्षेत्र
आदि छन् ।
Nepali

स्थानीय तहकाे संस्थागत क्षमता स्वमुल्याङ्कन (LISA)

 

सि.नं    

आ.व  प्राप्त अंक लिङ्क

  २०७६/७७    

    ५८.७५      https://lisa.mofaga.gov.np/details/local/50803
  २०७७/७८         ७३             https://lisa.mofaga.gov.np/details/local/50803
  २०७८/७९         ७५.२५            https://lisa.mofaga.gov.np/details/local/50803
  २०७९/८०         ८२.५            https://lisa.mofaga.gov.np/details/local/50803
  २०८०/८१         ८६.७५            https://lisa.mofaga.gov.np/details/local/50803