समाचार
सैनामैना नगरपालिकामा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला अन्तर्गतको लौका र करेला खेतीे सिकाइ कार्यक्रम सम्पन्न भएको छ ।
सैनामैना नगरपालिकामा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला अन्तर्गतको लौका र करेला खेतीे सिकाइ कार्यक्रम सम्पन्न भएको छ । सैनामैना नगरपालिकाको आर्थिक सहयोगमा सैनामैनाको ३ स्थानमा संचालन गरिएको कृषि पाठशालाामा लौका, करेला र काँक्रा खेती बारे पाठशाला संचालन गरिए मध्ये लौका र करेला खेती औपचारिक रुपमा सम्पन्न भएको हो ।
वडा नं ६ मा आयोजित समापन कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले कृषि पाठशाला कार्यक्रमले कृषकहरुको सिकाईमा टेवा पुर्याएको बताउनुभयो । उहाँले किसानहरुको उत्पादनलाई बिना विचौलिया कसरी बजारीकरण गर्न सकिन्छ भन्ने तर्फ नगरले योजना बनाईरहेकाे बताउनुभयो । उहाँले भन्नुभयो – ‘वस्तु उत्पादन गरेपश्चात गुणस्तर मापन गरेर विक्री गर्न सके मात्र कृषको जीवनस्तर उकासिने छ । ’