समाचार
३८ औँ वि.पी स्मृति दिवसका अवसरमा पनि १० हजार विरुवा रोपिने भएको छ ।
सैनामैनामा अाज १० हजार चिउरीका विरुवा रोपिए । सैनामैना नगरपालिकामा मंगलबार १० हजार चिउरीका विरुवा रोपिएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै ३८ औँ स्मृति दिवसको उपलक्ष्यमा १० हजार चिउरीका विरुवा रोपिएको हो । सार्वजनिक लेखा समितिका सभापति एवम् सांसद भरत कुमार शाहको प्रमुख आतिथ्यतामा नगरपालिकाको वडा नं ३ र ५ मा रहेको सामुदायिक बनमा विरुवा रोपी स्मृति दिवस मनाइएको हो ।
कार्यक्रममा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठको विशिष्ठ आतिथ्यता, सैनामैना उपप्रमुख विना राना, नेपाली कांङ्ग्रेसका जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्मा, कांग्रेसका नेता विष्णु प्रसाद पोखरेल, नेपाल कम्युनिष्ट पार्टी सैनामैनाका अध्यक्ष चेत नारायण न्यौपाने, नेपाली कांग्रेस सैनामैना नगरसभापति रामप्रसाद अधिकारी लगायतको आतिथ्यतामा बृक्षारोपण गरी दिवस मनाइएको हो । प्रमुख अतिथि शाहले विपीको फोटोमा माल्यापर्ण गर्दै वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले वातावरण हराभरा गराउने र आर्यआर्जनमा पनि टेवा पु¥याउने उद्देश्यका साथ मंगलबार विपी स्मृति दिवसको अवसरमा १० हजार बिरुवा रोपिएको बताउनुभयो ।