समाचार
स्मार्ट रिफ्रेस सेन्टर लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलज्यूले शिलान्यास
सैनामैनामा देशकै पहिलो स्मार्ट रिफ्रेस सेन्टर बन्ने भएको छ । लुम्बिनी प्रदेश सरकारको साढे ३ करोड बढी लागतमा रिफ्रेस सेन्टर निर्माण हुने भएको हो । पुर्व–पश्चिम लोकमार्ग अन्तरगत सैनामैनाको वडा नम्बर ९ पिपल डाँडामा निर्माण गर्न लागिएको अत्याधुनिक रिफ्रेस सेन्टरमा लामो दुरीका सवारीका चालकहरुलाई सुत्न समेत मिल्ने गरी आराम गर्ने व्यवस्था तथा यात्रुहरुले समेत आराम गर्न पाउने गरी रिफ्रेस सेन्टर निर्माण हुने भएको हो । अाज शुक्रबार आयोजनाको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलज्यूले शिलान्यास गर्नु भएको छ ।