FAQs Complain Problems

फोटो ग्यालरी

आकस्मिक सेवा

सम्पर्क नम्बर

नाम 

पद 

सम्पर्क नम्बर

डिल बहादुर खत्री  (दम्कल सेवा) चालक 9847252124
डिल्ली प्रसाद अधिकारी (दम्कल सेवा) (सहयाेगी)   9867794236
     

 

स्वास्थ्य सम्बन्धी सेवाका विवरणका लागि
नाम पद सम्पर्क नम्बर
बसन्त कुमार श्रेष्ठ जन स्वास्थ्य अधिकृत 9857035575
हेमराज पन्थी ज.स्वा.नी 9857037302

 

रुपन्देहीको सैनामैना नगरपालिका देशकै पहिलो कोरोना विरुद्धको खोप सुनिश्चितता युक्त नगर घोषणा भएको छ । १२ वर्षमाथिका सबै नागरिकले कोभिड विरुद्धको दुबै मात्रा खोप लगाएपछि रुपन्देहीको सैनामैना नगरपालिकाका पूर्ण खोप सुनिश्चिततायुक्त स्थानीय तह बनेको छ । देश मै पहिलो पूर्ण खोप सुनिश्चिततायुक्त हुने स्थानीय तह बनेको सैनामैनाको दाबी छ । १२ वर्षमाथिका ७१ हजार ५ सय १० जनसंख्या रहेको नगरपालिकामा लक्षित उमेर समूहका सबैले कोभिडविरुद्धको दुबै मात्रा खोप लाएपछि नगरलाई पूर्ण खोप सुनिश्चिततायुक्त नगर घोषणा गरिएको हो । नगरभित्रका ६७ हजार ५ सय ९७ जनाले पूर्ण खोप लगाएपछि सर्वेक्षण गर्दा ३ हजार ९ सय १३ जना नागरिक छुटेको पाइएपछि उनीहरु समेतलाई पूर्ण मात्रा खोप लगाएपछि सैनामैना देशकै पहिलो कोरोनाविरुद्धको पूर्ण खोपयुक्त स्था नीय तह बनेको नगर प्रमुख चित्र बहादुर केसीले दाबी गर्नुभयो । 

नगरपालिकाले अशक्त नागरिकलाई टोल टोलमा पुगेर खोप लगाइएको उँहाले बताउनु भयो । स्वास्थ्य कार्यालय रुपन्देहीको नेतृत्वमा विश्व स्वास्थ्य संगठन, स्वास्थ्यका लागि सक्षम प्रणाली, रेडक्रस सोसाइटीको सहभागितामा नगरपालिकाले फागुन १२ देखि १४ सम्म वडाका १ सय ८० घरधुरीमा नमुना सर्वेक्षण गरेको थियो । ९५ प्रतिशत भन्दा धेरै नागरिकले पूर्ण खोप पाएको सुनिश्चित गरेपछि १५ गते नगरपालिकाका ११ वटै वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरेको सैनामैनाका स्वास्थ्य शाखाका प्रमुख हेमराज पन्थीले जानकारी दिनुभयो । पूर्ण खोप सुनिश्चितताका मापदण्ड २०७१ लाई टेकेर घोषणा गरिएको उँहाको भनाई छ ।

जिल्ला खोप समन्वय समितिले सोमबार (आज) मात्रै नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरको प्रमाणपत्र दिएको हो । पूर्ण खोप सुिनश्चितता स्थानीय तहको दीगोपनाको नगरपालिकाले प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरेको छ । 

सो सर्वेमा पापदण्ड अनुसार पुरा भएकाले पूर्ण खोप सुनिश्चितता नगरको घोषणा गरिएका स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत चिन्तामणी ज्ञवालीले बताउनु भयो । जिल्लामा करिब ९६ प्रतिशत लक्षित जनसंख्याले पूर्ण मात्रामा कोरोना विरुद्धको खोप लगाएका छन । बुटवल , सैनामैना , तिलोत्तमा , देवदह नगरपालिकामा लक्षित जनसंख्या भन्दा धेरैले खोप लगाएको पाईएको छ । तर जिल्लाका दक्षिण तर्फका स्थानीय तहमा भने अझैं पूर्ण मात्रामा खोप पुगेको छैन ।

, , ,

सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री भीम प्रसाद तिवारी ज्यूकाे स्वागत तथा प्रमुख प्रशासकीय अधिकृत श्री टेकराज पन्थी ज्यूकाे विधाइ कार्यक्रमका केही तस्विरहरू ।

, , , , , , , ,

सैनामैना नगरपालिकाकाे दशाैँ नगरसभामा नगरप्रमुख श्री चित्र बहादुर कार्की ज्यूबाट हाल सम्म सम्पन्न भएका अायोजना तथा प्रगति पेश भएको  । 

, , , , , ,

इगुरिया सामुदायिक बन उपभोक्ता समितिकाे तर्फबाट काेभिड १९ बिरुद्ध काे लडाइँमा राहत स्वरुप सैनामैना नगरपालिकामा रहेकाे काेभिड अस्पतालकाे लागि स्वास्थ्य सामाग्री खरिदका लागी रकम रू १ लाख ३० हजार नगर प्रमुख श्री चित्र बहादुर कार्कीलाई हस्तान्तरण गर्नु भएको छ

,

Pages

स्थानीय तहकाे संस्थागत क्षमता स्वमुल्याङ्कन (LISA)

 

सि.नं    

आ.व  प्राप्त अंक लिङ्क

  २०७६/७७    

    ५८.७५      https://lisa.mofaga.gov.np/details/local/50803
  २०७७/७८         ७३             https://lisa.mofaga.gov.np/details/local/50803
  २०७८/७९         ७५.२५            https://lisa.mofaga.gov.np/details/local/50803
  २०७९/८०         ८२.५            https://lisa.mofaga.gov.np/details/local/50803