FAQs Complain Problems

सैनामैना नगरपालिकाको भवन

Read More

सैनामैनामा इजलासबाटै न्याय सम्पादन

Read More

सैनामैना नगरपालिकाको संक्षिप्त परिचय

दीर्घकालिन कृर्षी पर्यटन उद्याेग र ब्यापार वातावरणमैत्री अवस्था समृद्धिकाे अाधार सैनामैना नगरपालिका । सैनामैना नगरपालिका लुम्बिनी अंचलको उत्तर पश्चिममा विश्व शान्तीका अग्रदुत तथा एसियाका तारा गौतम बुद्धको जन्मस्थल देखि करिब १५ कि.मी उत्तर मनोरम चुरे पहाडको काखमा अवस्थित पूर्व बुटवल उप–महानगरपालिका, पश्चिममा बाणगंगा नगरपालिका, कपिलवस्तु., उत्तरमा शितगंगा  नगरपालिका, अर्घाखाँची, रैनादेवी छहरा  र तिनाउ गाउपालिका , दक्षिणमा शुद्दोधन, कंचन र गैडहवा गाउपालिका  यी चार किल्ला भित्र अवस्थित पर्रोहा, दुधराक्ष र  सालझन्डी  गरि  ३ गा.बि.स. को मिलनबाट बनेको नगरपालिका हो ।  हाल यस नगरपालिकामा ११  वटा वडा रहेका छन् । १६२.१८  बर्ग कि.मि क्षेत्रफल, २०६८ को जनगणना अनुसार जनसंख्या ५५८२२ घनत्व ३४४.२  प्रति बर्ग कि.मि छ । तिब्र बसाई सराईले गर्दा दिन प्रतिदिन जनसंख्या अत्यधिक बृद्धि भईरहेको छ । नगरपालिका भित्र सबै जातजाती, भाषाभाषी संस्कृति एवं परम्पराको समीश्रण रही सुमधुर सम्बन्ध सहितको बसोबास पाईन्छ । ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्व बोकेको सैनामैना नामाकरणले पनि यसको छुट्टै महत्व बोकेको छ । विभिन्न ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्वका स्थलहरु रहेको यो नगरपालिकाका गहनाको रुपमा पर्रोहा परमेश्वर बोलबमधाम, मलमला मन्दिर, मलमल चौरा बाबा, बोलबम पर्यटकीय पार्क विभिन्न मठ मन्दिरहरु, रानी कुवा, रानीबगिया आदि छन् । 

न्यायिक समितिलाई कस्ता विवादहरुमा मेलमिलाप गर्ने अधिकार हुनेछ ?

  • सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो एकाको हकको जग्गा अर्कोले चापी मिचि वा घुसाइ खाएको ।
  • सरकारी सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरुको जग्गामा घर वा कुनै संरचना बनाएको ।
  • पति पत्नी विचको सम्बन्ध विच्छेद ।
  • गाली बेईजती ।
  • लुटपाट ।
  • पशुपंक्षी छाडा छोडेको वा पशुपंक्षी राख्दा वा पाल्दा लापरवाही गरि अरुलाई असर पारेमा ।
  • अरुको आवासमा अनाधिकृत प्रवेश गरेको ।

योजना सम्झौता गर्दा के के कागज पत्र चाहीन्छ ?

  • योजनाको प्राविधिक लगत स्टिमेट ।
  • सम्बन्धित वडा कार्यालयको सिफारिस ।
  • उपभोक्ता समितिको नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी ।
  • जनसहभागीताको रकम जम्मा गरेको बैंक भौचर ।
  • उपभोक्ता समितिको सम्झौता गर्न जाने भनी गरिएको निर्णयको प्रतिलिपी ।
  • १ जना महिला सहित अध्यक्ष वा सचिव अनिवार्य उपस्थित भएको हुनुपर्ने ।
  • योजना सम्झौताको लागि निवेदन ।

योजना रकम भुक्तानी लिन आउँदा के के कागजपत्र आवश्यक पर्दछ ?

  • काम सम्पन्न भएको नापी, का.स र उपभोक्ता विल ।
  • काम सम्पन्न गरि भुक्तानीको लागि माग गर्ने भनी गरिएको निर्णयको प्रतिलिपी ।
  • सम्पुर्ण भ्याट सहितको विल भर्पाइ ।
  • योजनाको फोटो तथा होडीङ्ग बोर्ड ।
  • अनुगमन समितिको निर्णयको प्रतिलिपी ।
  • सम्बन्धित वडाको सिफारिस ।
  • अध्यक्षको अनिवार्य उपस्थिति र समितिको  छाप ।

सूचना तथा समाचार

जनप्रतिनिधि

चित्र बहादुर कार्की
नगर प्रमुख
kcchitrabahadur45@gmail.com
९८५७०२९०७४
बिना राना
उप– प्रमुख
binarana2028@gmail.com
९८४७०५८३६२

कर्मचारी

कृष्ण प्रसाद भण्डारी
प्रमुख प्रशासकीय अधिकृत
kpbhandari2005@yahoo.com
९८५७०७९१११
मणिराज पौडेल
सूचना अधिकारी
manirajpaudel24@gmail.com
९८४७१५७२२४

Services

सेवा प्रकारः-
सेवा समयः- स्थलगत निरिक्षण भएको १ दिन भित्र
जिम्मेवार अधिकारीः- योजना तथा शहरी विकास शाखा
सेवा दिने कार्यालयः- सैनामैना नगरपालिका
सेवा शुल्कः- किनबेच रकमको ०.५ प्रतिशत
आवश्यक कागजातहरुः-
  • निवेदन
  • लिने दिने को नागरिकताको प्रतिलिपि
  •  घरजग्गाको स्वामित्तवको कागजात
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- कार्यकारी अधिकृत पञ्जीकरण शाखाका ना.सु. राजस्व शाखाको कर्मचारी
सेवा दिने कार्यालयः- सैनामैना नगरपालिका
सेवा शुल्कः- रू. ५०
आवश्यक कागजातहरुः-

 

१. विवरण सच्याउनु पर्ने कारण सहितको निवेदन

२. नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

३. सच्याउने कागजातको सक्कल सहित प्रतिलिपी

४. शैक्षिक प्रमाणपत्र

५. वडा कार्यालयवाट सर्जमिन मुचुल्का

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रू. १००
आवश्यक कागजातहरुः-

१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
३) हक भोगको श्रोत खुल्ने कागजात
४) नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि
५) अन्य आवश्यक कागजातहरु
६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

 

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- क्षेत्रफल र ठाँउ हेरीकन
आवश्यक कागजातहरुः-

१) निबेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
३) जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
५) निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामा को प्रमाणित प्रतिलिपी
 

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रू. ५००
आवश्यक कागजातहरुः-

१) निवेदन (बाटोको नाम, टोल समेत खुलाउने) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि
३) जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कलनापी नक्सा
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर कर तिरेको रसिद
५) लिने दिने दुवै व्यक्ति नागरिकताका प्रमाणपत्रको प्रमाणपत्र प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनु पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी
६) स्थलगत निरीक्षण प्रतिवेदन

सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रू. ५०
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र आमारबुबाको को नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) विवाहित महिलाको हकमा पतिरआमारबुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
४) चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीको हकमा)
५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा)
६) बसाँईसरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि
७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
८) चालुआ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
१०)प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि

वडाअध्यक्ष सम्पर्क नम्बर

वाड नामथर फोन नम्बर
केहर सिहं गलामी थापा ९८५७०७१०८५
कामदेव भुसाल ९८५७०२९१४५
रत्‍न बहादुर पौडेल खत्री ९८४७०२४४२८
धन बहादुर कार्की ९८४७२४७७२६
परसुराम सापकोटा ९८४७०२४७९०
बसन्त पाण्डे ९८५७०३५९०९
डिलाराम बेल्बासे ९८५७०३१०६९
रामशरण न्यौपाने ९८४७०३४१६८
डोल नाथ भण्डारी ९८४७१९८२१४
१० लोक नारायण थापा ९८५७०३३३२४
११ सुनिल प्रसाद मरासीनी           ९८५७०२८६७९

सम्पूर्ण पदाधिकारीहरु तथा कर्मचारीहरुको नाम र सम्पर्क नम्बरको लागि यहाँ क्लिक गर्नुहोस्।

जानकारी