समाचार
Photo Gallery
आकस्मिक सेवा
नाम |
पद |
सम्पर्क नम्बर |
---|---|---|
डिल बहादुर खत्री (दम्कल सेवा) | चालक | 9847252124 |
डिल्ली प्रसाद अधिकारी (दम्कल सेवा) | (सहयाेगी) | 9867794236 |
नाम | पद | सम्पर्क नम्बर |
बसन्त कुमार श्रेष्ठ | जन स्वास्थ्य अधिकृत | 9857035575 |
हेमराज पन्थी | ज.स्वा.नी | 9857037302 |
For the Full Video Link Please Click Here:
२०८०/८१ काे दाेस्राे चााैमासिक सार्वजनिक सुनुवाइ सार्वजनिक सुनुवाइ
रुपन्देहीको सैनामैना नगरपालिका देशकै पहिलो कोरोना विरुद्धको खोप सुनिश्चितता युक्त नगर घोषणा भएको छ । १२ वर्षमाथिका सबै नागरिकले कोभिड विरुद्धको दुबै मात्रा खोप लगाएपछि रुपन्देहीको सैनामैना नगरपालिकाका पूर्ण खोप सुनिश्चिततायुक्त स्थानीय तह बनेको छ । देश मै पहिलो पूर्ण खोप सुनिश्चिततायुक्त हुने स्थानीय तह बनेको सैनामैनाको दाबी छ । १२ वर्षमाथिका ७१ हजार ५ सय १० जनसंख्या रहेको नगरपालिकामा लक्षित उमेर समूहका सबैले कोभिडविरुद्धको दुबै मात्रा खोप लाएपछि नगरलाई पूर्ण खोप सुनिश्चिततायुक्त नगर घोषणा गरिएको हो । नगरभित्रका ६७ हजार ५ सय ९७ जनाले पूर्ण खोप लगाएपछि सर्वेक्षण गर्दा ३ हजार ९ सय १३ जना नागरिक छुटेको पाइएपछि उनीहरु समेतलाई पूर्ण मात्रा खोप लगाएपछि सैनामैना देशकै पहिलो कोरोनाविरुद्धको पूर्ण खोपयुक्त स्था नीय तह बनेको नगर प्रमुख चित्र बहादुर केसीले दाबी गर्नुभयो ।
नगरपालिकाले अशक्त नागरिकलाई टोल टोलमा पुगेर खोप लगाइएको उँहाले बताउनु भयो । स्वास्थ्य कार्यालय रुपन्देहीको नेतृत्वमा विश्व स्वास्थ्य संगठन, स्वास्थ्यका लागि सक्षम प्रणाली, रेडक्रस सोसाइटीको सहभागितामा नगरपालिकाले फागुन १२ देखि १४ सम्म वडाका १ सय ८० घरधुरीमा नमुना सर्वेक्षण गरेको थियो । ९५ प्रतिशत भन्दा धेरै नागरिकले पूर्ण खोप पाएको सुनिश्चित गरेपछि १५ गते नगरपालिकाका ११ वटै वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरेको सैनामैनाका स्वास्थ्य शाखाका प्रमुख हेमराज पन्थीले जानकारी दिनुभयो । पूर्ण खोप सुनिश्चितताका मापदण्ड २०७१ लाई टेकेर घोषणा गरिएको उँहाको भनाई छ ।
जिल्ला खोप समन्वय समितिले सोमबार (आज) मात्रै नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरको प्रमाणपत्र दिएको हो । पूर्ण खोप सुिनश्चितता स्थानीय तहको दीगोपनाको नगरपालिकाले प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरेको छ ।
सो सर्वेमा पापदण्ड अनुसार पुरा भएकाले पूर्ण खोप सुनिश्चितता नगरको घोषणा गरिएका स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत चिन्तामणी ज्ञवालीले बताउनु भयो । जिल्लामा करिब ९६ प्रतिशत लक्षित जनसंख्याले पूर्ण मात्रामा कोरोना विरुद्धको खोप लगाएका छन । बुटवल , सैनामैना , तिलोत्तमा , देवदह नगरपालिकामा लक्षित जनसंख्या भन्दा धेरैले खोप लगाएको पाईएको छ । तर जिल्लाका दक्षिण तर्फका स्थानीय तहमा भने अझैं पूर्ण मात्रामा खोप पुगेको छैन ।
सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री भीम प्रसाद तिवारी ज्यूकाे स्वागत तथा प्रमुख प्रशासकीय अधिकृत श्री टेकराज पन्थी ज्यूकाे विधाइ कार्यक्रमका केही तस्विरहरू ।
सैनामैना नगरपालिकाकाे दशाैँ नगरसभामा नगरप्रमुख श्री चित्र बहादुर कार्की ज्यूबाट हाल सम्म सम्पन्न भएका अायोजना तथा प्रगति पेश भएको ।
इगुरिया सामुदायिक बन उपभोक्ता समितिकाे तर्फबाट काेभिड १९ बिरुद्ध काे लडाइँमा राहत स्वरुप सैनामैना नगरपालिकामा रहेकाे काेभिड अस्पतालकाे लागि स्वास्थ्य सामाग्री खरिदका लागी रकम रू १ लाख ३० हजार नगर प्रमुख श्री चित्र बहादुर कार्कीलाई हस्तान्तरण गर्नु भएको छ
सैनामैना नगरपालिकामा रहेकाे मेरुदण्ड सहकारी संस्थाकाे तर्फबाट काेभिड १९ बिरुद्ध काे लडाइँमा राहत स्वरुप सैनामैना नगरपालिकामा रहेकाे काेभिड अस्पतालकाे लागि स्वास्थ्य सामाग्री खरिदका लागी रकम रु १ लाख ३० हजार सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीलाई सहकारीका पदाधिकारीहरुले हस्तान्तरण गर्नु भएको छ । धन्यवाद छ सहयाेगका लागि
Pages
स्थानीय तहकाे संस्थागत क्षमता स्वमुल्याङ्कन (LISA)
सि.नं |
आ.व | प्राप्त अंक | लिङ्क |
---|---|---|---|
१ |
२०७६/७७ |
५८.७५ | https://lisa.mofaga.gov.np/details/local/50803 |
२ | २०७७/७८ | ७३ | https://lisa.mofaga.gov.np/details/local/50803 |
३ | २०७८/७९ | ७५.२५ | https://lisa.mofaga.gov.np/details/local/50803 |
४ | २०७९/८० | ८२.५ | https://lisa.mofaga.gov.np/details/local/50803 |