समाचार
Photo Gallery
आकस्मिक सेवा
नाम |
पद |
सम्पर्क नम्बर |
---|---|---|
डिल बहादुर खत्री (दम्कल सेवा) | चालक | 9847252124 |
डिल्ली प्रसाद अधिकारी (दम्कल सेवा) | (सहयाेगी) | 9867794236 |
नाम | पद | सम्पर्क नम्बर |
इश्वरी प्रसाद न्याैपाने | जन स्वास्थ्य अधिकृत | 9847080965 |
हेमराज पन्थी | ज.स्वा.नी | 9857037302 |
सैनामैना नगरपालिकामा दोस्रो संस्करणको खेल सप्ताह सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित बिहीबार देखी राष्ट्रपति रनिङ्ग शिल्ड तथा नगरस्तरीय खेलकुद सप्ताह २०७६ सुरु भएको हो ।
सैनामैना १० सालझण्डी पानबारीमा भएको कार्यक्रमको प्रदेश नं ५ का प्रदेश सभा सदस्य भुमिश्वर ढकालले सम्बोधन गर्दै पालिका स्तरको खेल सप्ताहले स्थानिय प्रतिभावान खेलाडीहरुमा इट्टा थप्ने कार्य गरेको बताउनुभयो ।
विद्यार्थीहरुलाई किताबी ज्ञान मात्रै नभई खेलकुदमा पनि सक्षम बनाउने उद्धेश्यले नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गरिएको सैनामैना नगरप्रमुख चित्र बहादुर कार्कीले बताउनुभयो ।
सैनामैनाका ८४ बर्ष पुगेका ५७७ जना जेष्ठ नागरिकहरुलाई न्यानाे ब्लाङ्केटद्धारा सम्मान गरि अाशिरवाद लिने कार्यक्रम सम्पन्न भयाे । सैनामैना नगरपालिका भित्र रहेका ज्येष्ठ नागरिकलाई नगरपालिकाले सम्मान गरेको छ । ज्येष्ठ नागरिकलाई कम्मल दिईएर सम्मान गरिएको थियो ।
ज्येष्ठ नागरिकलाई सम्मान गर्दै नगर प्रमुख चित्र बहादुर कार्कीले यो उहालाई सम्मान मात्र नभई उहाहरुको आर्शिबाद ग्रहण गरेको बताउनु भयो । बर्षमा एक पटक ज्येष्ठ नागरिकको आर्शिबाद लिने परम्पराको थालनी गरेको बताउदै नगर प्रमुख कार्कीले यस बाट अझ उर्जाशिल भएर काम गर्ने हौसला प्राप्त हुने बिश्वाश रहेको बताउनु भयो ।
सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले आज का ज्येष्ठ नागरिक हिजोका भबिष्य निर्माता भएकाले उहाहरुको सम्मानमा सम्मान कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । सम्मान ग्रहण गर्दै सैनामैना १० का ९२ बर्षीय भिम बहादुर पुनले नगरपालिकाले सम्मान गरेको हर्षित भएको बताउदै यसले ज्येष्ठ नागरिकको मनोबल बढाउने बताउनु भयो ।
सैनामैना नगरपालिकाको इंगुरिया सामुदायिक वनमा मिति २०७६ पौष २२ गते गस्तीका क्रममा रहेको सैनामैना नगरपालिकाका कर्मचारी, नेपाल प्रहरी र सामुदायिका वन समितिका पदाधिकारीहरुको संयूक्त गस्ती टोलीले दिउसो ४ बजे इंगुरिया सामुदायिक वनको कुत्तामारे क्षेत्रबाट ८ क्यू. फुट सालको काठ तस्करहरुले तस्कर गरी लैजादै गरेको अवस्थामा बरामद गरेको छ । तस्करहरु गस्ती टोलीलाई देखेर काठ छोडि भागेको र तिनीहरुको पहिचान हुन नसकेको कुरा गस्ती टोलीका नेतृत्वकर्ता केशव प्रसाद न्यौपानेले बताउनुभएको छ । उक्त बरामद गरिएको काठ सैनामैना नगरपालिकाको सामुदायिक वन सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७५ बमोजिम व्यवस्थापन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
सैनामैना नगरपालिका वार्ड नं ५ बड्का पथ्थरमा केही समय अगाडि गरिएको बृक्षाराेपणकाे सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीकाे नेतृत्वमा गाेडमेल तथा पानी सिचाई गरिएको छ । केही थप बिरुवा समेत राेपिएकाे छ । नगर प्रमुख कार्कीले बृक्षा राेपेर मात्र केही नहुने त्यसकाे अावश्यक रेखदेख गरेर हुर्काउन सके मात्र आैचित्य हुने बताउनु भयाे । नगर प्रमुख स्वयमले बिरुवामा पानी सिचाउनु भएकाे थियाे ।
Pages
स्थानीय तहकाे संस्थागत क्षमता स्वमुल्याङ्कन (LISA)
सि.नं |
आ.व | प्राप्त अंक | लिङ्क |
---|---|---|---|
१ |
२०७६/७७ |
५८.७५ | https://lisa.mofaga.gov.np/details/local/50803 |
२ | २०७७/७८ | ७३ | https://lisa.mofaga.gov.np/details/local/50803 |
३ | २०७८/७९ | ७५.२५ | https://lisa.mofaga.gov.np/details/local/50803 |